२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

‘वुमन्स अफ द वल्र्ड फेस्टिभल’ शनिबारदेखि काठमाडौंमा आयोजना हुने


सञ्चार डबली
  • मंगलबार, मंसिर ४ २०८१
  • 5.7K
    SHARES

  • images
    ‘वुमन्स अफ द वल्र्ड फेस्टिभल’ शनिबारदेखि काठमाडौंमा आयोजना हुने

    काठमाडौं । ‘वुमन्स अफ द वल्र्ड फेस्टिभल’ को सातौं संस्करण शनिबारदेखि काठमाडौँमा आयोजना हुने भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी काठमाडौं महानगरपालिका र व्रिटिस काउन्सिलले संयुक्त रुपमा मंसिर ८ र ९ गते फेस्टिभलको आयोजना गर्न लागेको काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले जानकारी दिएकी हुन् ।

    उपप्रमुख डंगोलले कार्यक्रममा महिलाहरको कुरा मात्र नभएर सबै विषयलाई समेटेर समावेशी पनि बनाउने कोशिस गरेको भन्दै वुमन्स अफ द वल्र्ड भन्ने वित्तिकै महिला मात्रै जाने होला भन्ने नसोची सबै जनालाई आउँनको लागि अपिल गरिन् । 

    महानगरपालिकाका उपप्रमुख डंगोल र काउन्सिल कन्ट्री डाइरेक्टर सहिदा म्याकडुगलले फेस्टिभलको संकेत चिन्ह पहिले नै सार्वजनिक गरिसकेका छन् । सन् २०११ मा लण्डनको साउथ वैङ्कमा पहिलो सम्मेलन गरिएको थियो । लैङ्गिक समानता र समावेशीकरणका लागि सकारात्मक परिवर्तन गराउन महिलाहरुको आवाजलाई सशक्त बनाउनु फेस्टिभलको मुख्य लक्ष्य हो ।

    दुई दिने फेस्टिभलमा तीन वटाभन्दा धेरै प्रकृतिका प्रदर्शनी हुनेछन् । २५ वटाभन्दा धेरै स्टल हुनेछन् । ४० भन्दा धेरै संवाद र मन्तव्य हुनेछन् । १० वटाभन्दा धेरै चलचित्र प्रदर्शन गरिनेछ । पाँच वटाभन्दा धेरै कार्यशाला गरिनेछ । १० वटाभन्दा धेरै सांगीतिक प्रस्तुती हुनेछन् । कम्तीमा पाँचसय विद्यार्थी सहभागी गराउने लक्ष्य राखिएको कार्यक्रममा एकसयजना भन्दा धेरै कलाकारसहित १० हजारभन्दा धेरै व्यक्तिको सहभागिता हुने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend