२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

डेडिकेटेड ट्रंकलाइन विवादः टिओडी मिटरको बिल अध्ययनका लागि कार्यदल गठन


सञ्चार डबली
  • मंगलबार, मंसिर ४ २०८१
  • 8.7K
    SHARES

  • images
    डेडिकेटेड ट्रंकलाइन विवादः टिओडी मिटरको बिल अध्ययनका लागि कार्यदल गठन

    काठमाडौं । सरकारले एक दशक पुरानो डेडिकेटेड र ट्रंकलाइन विवाद सुल्झाउने प्रयास गरे पनि अझै टुंगिन सकेको छैन।  लाल आयोगको प्रतिवेदनअनुसार टिओडी मिटरको आधारमा बक्यौता उठाउने मन्त्रीपरिषद् निर्णयमा नेपाल विद्युत् प्राधिकरणले पुरानै बिल पठाएपछि थप विवाद सिर्जना भएको छ।

    सरकारले टिओडी मिटरका आधारमा १५ दिनभित्र बक्यौता उठाउन निर्देशन दिएको थियो। प्राधिकरणले पुरानै बिल पठाएपछि प्राधिकरणले काटेको बिलको अध्ययन गर्न सरकारले नयाँ कार्यदल गठन गरेको छ। सरकारले राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. अरबिन्द मिश्रको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको छ।

    कार्यदलको सदस्यहरूमा नेपाल विद्युत् प्राधिकरणका सेवा निवृत्त कर्मचारी श्रीरामराज पाण्डे र र चार्टर्ड एकाउन्टेन्ट सुजनकुमार काफ्ले रहेका छन्। कार्यदललाई प्राधिकरणले काटेको बिल टाइम्स अफ डे (टिओडी) मिटरअनुसार भए–नभएको र गणना गरेको मिलेरनमिलेको अध्ययन गर्ने टिओआर दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend