२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 स्वदेशमा पर्याप्त उत्पादन नहुँदा करिब ४२ करोड रुपैयाँको कफी आयात


सञ्चार डबली
  • मंगलबार, मंसिर ४ २०८१
  • 6.3K
    SHARES

  • images
     स्वदेशमा पर्याप्त उत्पादन नहुँदा करिब ४२ करोड रुपैयाँको कफी आयात


    काठमाडौं । नेपालमा वार्षिक करिब ४२ करोड रूपैयाँको कफी आयात भएको तथ्यांकले देखाएको छ। स्वदेशमै उत्पादन गर्न सकिने प्रचुर संभावना भएको कफी आयात बढ्दो  रहेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

    विभागका अनुसार मुलुकमा आर्थिक वर्ष २०८०–८१ मा चार सय ४३ मेट्रिक टन कफी आयात भएको छ। आर्थिक वर्ष २०७१–७२ मा ६३.८ मेट्रिक टन कफी आयात भएको विभागको तथ्यांक छ।

    नेपालमा कफी संस्कृति बढेसँगै स्वदेशमा उत्पादितले नभ्याएपछि विदेशबाट आयात गर्नुपरेको व्यवसायीहरुको भनाइ छ । पछिल्लो दशकमा कफी आयात करिब सात गुणाले बढेको छ। नेपालको कफी अन्तर्राष्ट्रिय बजारमा प्रतिकिलो २१ सय रूपैयाँ (१६ डलर) मा बिक्री हुने भए पनि यसको खेती फस्टाउन सकेको छैन। 

    नेपालको कफी युरोपेली देश, कोरिया, जापान, अमेरिकालगायत बजारमा बिक्री हुन्छ । आर्थिक वर्ष २०८०।८१ मा ४१ करोड ९८ लाख रूपैयाँबराबरको चार सय ४३ मेट्रिक टन कफी आयात हुँदा १४ करोड ९२ लाख रूपैयाँबराबरको ८९ मेट्रिक टन कफी निर्यात भएको छ।

    नेपालमा अहिले ४३ सय ९ हेक्टरमा कफी खेती विस्तार भएको छ। कुल उत्पादनको करिब १७ प्रतिशत कफी विदेश निर्यात हुने गरेको छ ।  स्वदेशी बजारमा मागअनुसार स्वदेशी उत्पादन नै आपूर्ति गर्न नसक्दा ठूलो परिमाणमा कफी आयात गर्नुपरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनालले जानकारी दिए ।

    बोर्डका अनुसार आव २०७८–७९ मा नेपालमा ३ हजार ३४६ हेक्टर जमीनमा कफीखेती भएकोमा आव २०८०–८१ मा यसको क्षेत्रफल बढेर ४ हजार ३०९ हेक्टर पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend