२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

मुक्तिनाथ विकास बैंकद्वारा मुक्तिनाथ फाइदा एप सञ्चालनमा


सञ्चार डबली
  • सोमबार, मंसिर ३ २०८१
  • 6.7K
    SHARES

  • images
    मुक्तिनाथ विकास बैंकद्वारा मुक्तिनाथ फाइदा एप सञ्चालनमा

    सोमबार, मंसिर ३, २०८१

    काठमाडौं । मुक्तिनाथ विकास बैङ्क लिमिटेडले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न आफ्नो मोबाइल बैंकिङ्ग सेवाको स्तरबृद्धि गरी थप सेवा सहितको Muktinath FAIDA App (Financial Access in Digital Application) सञ्चालनमा ल्याएको छ ।

    मुक्तिनाथ फाइदा एप सञ्चालन पछि ग्राहकहरूले मोबाइल एक फाइदा अनेक लिन सक्ने व्यवस्था गरेको छ । यो एप डिजिटल बैंकिङ्गको सर्वव्यापी दृष्टिकोणमा आधारित भएकोले सबै ग्राहकले सरल र सुरक्षित तरिकाले घरमा नै बसी बैंकिङ्ग सेवा उपयोग गर्न सकिने भएको छ ।

    ग्राहकले गर्ने सुरक्षित कारोबारको लागि सुरक्षा प्रश्नहरू राख्न सक्ने साथै ग्राहकले प्रयोग गर्ने डिभाईस ग्राहक स्वयमको हो होइन पहिचान गर्ने जसबाट अनधिकृत व्यक्तिको पहुँच नहुने भएको छ । ग्राहकहरूले मोबाइल फोन तथा वेबबाट एउटै पासवर्ड प्रयोग गरी आफ्नो खाताबाट सुरक्षित कारोबार गर्न सक्नेछन् ।

    यसका साथै अन्य थप गरिएको सुविधाहरूमा विभिन्न बिल भुक्तानी, नगद जम्मा भौचर, एटिएम कार्ड नवीकरण, इ–कर्मस कार्ड सक्रिय, भाषा छनौट, विदेशी मुद्रा विनियम दर, ब्याजदर, कारोबारको सीमाको जानकारी, बैङ्कले दिने वस्तु तथा सेवाहरूको जानकारी, भेटघाटको लागि अनुरोध, कारोबार सफल नभएमा कारोबारको दाबी गर्न, बैङ्कले दिने विभिन्न सूचनाहरूको जानकारी लिन, गुनासो तथा सुझाव दिन, चेक बुक अनुरोध गर्न, विभिन्न भुक्तानीको तालिका राख्न, आम्दानी तथा खर्चको ग्राफ साथै अन्य सुविधाहरू रहेको छ ।

    साथै, बैङ्कले विकास बैङ्कले प्रवर्द्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष “मुक्तिनाथ म्युचुअल फण्ड” यही आउँदो मङ्सिर महिना भित्र सार्वजनिक निष्कासन मार्फत इकाईहरू बिक् रिमा ल्याउने भएको छ ।

    यस कोषको प्रवर्द्धक मुक्तिनाथ विकास बैङ्क र भने योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend