२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सबैभन्दा बढी आयकर दाखिला गरेको नेपाल टेलिकमलाई सम्मान


सञ्चार डबली
  • आइतबार, मंसिर २ २०८१
  • 7.7K
    SHARES

  • images
    सबैभन्दा बढी आयकर दाखिला गरेको नेपाल टेलिकमलाई सम्मान

    काठमाडौं ।  आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पु-याएकोले नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागबाट नेपाल टेलिकमलाई सम्मान पत्र प्रदान गरिएको छ ।

    गत मङ्सिर १ गते राष्ट्रिय कर दिवस २०८१ को अवसरमा आयोजित एक कार्यक्रमका बिच नेपाल टेलिकमलाई उप प्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मानित गरेका हुन । नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले सो सम्मान ग्रहण गरे।

    आन्तरिक राजस्व विभागले हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ भने सोही दिन उत्कृष्ट करदातालाई सम्मानित पनि गर्दै आएको छ । सो अवसरमा नेपाल टेलिकम सहित सबैभन्दा धेरै कर तिर्ने अन्य व्यक्ति र संस्थालाई सम्मानित गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend