२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

उद्योगहरुलाई मंसिर १२ गते भित्र बक्यौता बुझाउन प्राधिकरणद्वारा निर्देशन


सञ्चार डबली
  • आइतबार, मंसिर २ २०८१
  • 5.5K
    SHARES

  • images
    उद्योगहरुलाई मंसिर १२ गते भित्र बक्यौता बुझाउन प्राधिकरणद्वारा निर्देशन


    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १५ दिनभित्र बिजुलीको बक्यौता तिर्न उद्योगीहरुलाई निर्देशन दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै मंसिर १२ गतेभित्र बक्यौता तिर्न भनेको हो ।

    प्राधिकरणले मन्त्रिपरिषदको कात्तिक २५ गतेको बैठकबाट र नेपाल विद्युत् प्राधिरण सञ्चालक समितिको कात्तिक २७ गतेको ९८७ औं बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको स्मरण गराएको छ ।

    सोही अनुरुप वितरण केन्द्रहरुबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको टीओडी मिटरमा रेकर्ड भएको डिमाण्ड तथा टी वान, टी टु र टी थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल अनुसार बक्यौता बुझाउन प्राधिकरणले भनेको छ ।

    डेटिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत प्रयोग गरेका उद्योगहरुले बक्यौता नतिरेको भन्दै प्राधिकरणले लाइन काटिदिएको थियो । तर कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकले बिजुलीको लाइन जोडिदिने र टिओडी मिटरको आधारमा १५ दिनभित्र महसुल उठाउने निर्णय गरेपछि प्राधिकरणले अधिकांश उद्योगहरुमा लाइन जोडिदिएको छ ।

    तर, मंसिर १२ गते भित्र बक्यौता महसुल नबुझाएमा नियमानुसार अघि बढ्ने चेतावनी समेत प्राधिकरणले दिएको छ । उद्यीहरुले भने प्राधिकरणले पठाएको बिलमा प्रमाण नपुगेको दाबी गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend