२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नेपाल बैंक लिमिटेडको ८८औँ वार्षिकोत्सव सम्पन्न


सञ्चार डबली
  • शनिबार, मंसिर १ २०८१
  • 6.6K
    SHARES

  • images
    नेपाल बैंक लिमिटेडको ८८औँ वार्षिकोत्सव सम्पन्न

    शनिवार, मंसिर १ २०८१
    काठमाडौँ - नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८८औँ वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ । वि.सं.१९९४ साल कार्तिक ३० गते स्थापना भएको नेपाल बैंक कार्तिक ३० गते आफ्नो ८७ औँ वर्ष पूरा गरी ८८ औँ वर्षमा प्रवेश गरेको अवसरमा प्रधान कार्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव समारोह नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भव्यताका साथ सम्पन्न भएको छ ।

    उक्त समारोहको अध्यक्षता बैंकका सञ्चालक समिति अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीले गरेका थिए ।

    नेपालभर २२९ शाखाहरू, २०५ एटिएम मेसिन साथै ६० वटा एक्टेन्सन काउन्टरमार्फत करिब २५ लाख भन्दा बढी ग्राहकहरूलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधिमार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।

    करिव ९ लाख भन्दा बढी ग्राहकहरूले डिजिटल प्रविधिमार्फत् बैंकिग सेवा लिई लाभान्वित भएका छन् । विगत केही वर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मूख्य जोड दिई युवा जनशक्तिमार्फत नेपालभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।   

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend