२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

विश्व बैंकका प्रतिनिधि र भूमि व्यवस्था मन्त्री अधिकारीबीच भेट, यि विषयमा भयो छलफल


सञ्चार डबली
  • शनिबार, मंसिर १ २०८१
  • 6.1K
    SHARES

  • images
    विश्व बैंकका प्रतिनिधि र भूमि व्यवस्था मन्त्री अधिकारीबीच भेट, यि विषयमा भयो छलफल

    काठमाडौं । भूमि सम्बन्धी एसिया क्षेत्रको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाल आएको प्रतिनिधिमण्डलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीसँग शिष्टाचार भेट गरेको छ।

    विश्व बैंकका तर्फबाट भूमि क्षेत्र हेर्ने प्रमुख अधिकारी मिका टोर्होनेनको नेतृत्वको ३ सदस्यीय टोलीले मन्त्री अधिकारीसँग मन्त्रालयमा भेट गरेको हो। भेटमा विश्व बैंक प्रतिनिधिले जग्गा र भूमि प्रशासनका क्षेत्रमा विश्व बैंक साझेदार भई काम गर्न इच्छुक भएको जानकारी गराएको छ।

    मन्त्री अधिकारीले २०२८ सालमा परम्परागत प्रविधिमा आधारित रहेर जग्गाको नापजाँचलाई आधुनिक तरिकाले गर्न चाहेको भन्दै त्यसमा सघाउन आग्रह गरे। टोली प्रमुख मिकाले अर्थ मन्त्रालयमार्फत विश्व बैंकलाई पत्रचार भएमा परियोजनामा आधारित भएर सहकार्य गर्न सकिने बताएको मन्त्रालयले जनाएको छ।

    भूमि लगतको डिजिटल अभिलेखीकरण गर्न र सेवालाई स्थानीय तहसम्म हस्तान्तरण गर्न मन्त्री अधिकारीले चाहेमा उक्त काममा विश्व बैंकले साझेदारी गर्न सक्ने मिकाले स्पष्ट पारे। भेटमा मन्त्रालयका तर्फबाट मन्त्रीसँगै मन्त्रालयका सहसचिव मदन कोइराला र श्रीराम ठाकुर लगायतको उपस्थिति थियो। विश्व बैंकका तर्फबाट भूमि क्षेत्रका विज्ञ मार्कस कुक्कोनेन र डानिलो एन्टिओनियो सहभागी थिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend