२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

बैंकको ब्याजदर फेरि घटाइयो, राष्ट्रिय वाणिज्यले बढायो


सञ्चार डबली
  • शुक्रबार, कात्तिक ३० २०८१
  • 6.5K
    SHARES

  • images
    बैंकको ब्याजदर फेरि घटाइयो, राष्ट्रिय वाणिज्यले बढायो

    काठमाडौं, कात्तिक ३० । वाणिज्य बैंकहरूले मंसिरका निम्ति पनि ब्याजदर घटाएका छन् । बैंकहरूले यसअघिका महिनाहरूमा समेत लगातार ब्याजदर घटाएका थिए ।

    कात्तिकमा २० वाणिज्य बैंकको ब्याजदर औसत ६.१८ प्रतिशत थियो । मंसिरमा ०.२० प्रतिशत विन्दुले ब्याजदर घटाइएको छ । २० वाणिज्य बैंकका औसत ब्याजदर मंसिरमा ५.९८ प्रतिशत कायम हुने भएको छ ।

    २० वाणिज्य बैंकमध्ये मंसिरका निम्ति ११ वटाले ब्याजदर घटाएका छन् । आठ वाणिज्य बैंकले ब्याजदर स्थिर राखेका छन् । राष्ट्रिय वाणिज्य बैंकले भने कात्तिकको तुलनामा ०.२० प्रतिशत विन्दुले ब्याजदर बढाएको छ ।

    सबैभन्दा बढी माछापुच्छ्रे बैंकले ब्याजदर घटाएको छ । यो बैंकले ब्याजदर एक प्रतिशत विन्दुले घटाएको छ । माछापुच्छ्रेले कात्तिकमा व्यक्तिगत मुद्दती निक्षेपमा ७ प्रतिशत ब्याज दिएको थियो । मंसिरमा ६ प्रतिशत ब्याज दिने भएको छ ।

    बैंकमा पैसा थुप्रँदै गएपछि लागत घटाउन पनि बैंकहरू निक्षेप संकलन कम गर्न खोज्छन् । उद्योगी र व्यवसायीबाट कर्जाको माग नभएपछि बैंकहरूमा पैसा थुप्रिएर बसेको छ । बैंकमा अधिक तरलता भएपछि सस्तो ब्याजमा नेपाल राष्ट्र बैंकले बेलाबेला पैसा तानिरहेको छ ।

    मंसिरका निम्ति ब्याजदर सूची हेर्नोस्–

    ewfgmsg-1731647127.jpg

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend