२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

शुक्रबार एक सयले बढ्यो सुनको मूल्य


सञ्चार डबली
  • शुक्रबार, कात्तिक ३० २०८१
  • 7.8K
    SHARES

  • images
    शुक्रबार एक सयले बढ्यो सुनको मूल्य

    काठमाडौं, कात्तिक ३० । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले उकालो लागेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य  प्रति तोला एक लाख  ६० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन बिहिबार छापावाला सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, यो दिन चाँदीको मूल्य पनि  तोलामा ५ रुपैयाँले बढेको छ । आज  चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार चाँदी १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी, यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ३७ हजार २६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ३५ रुपैयाँ ५० पैसा कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend