२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नयाँ नोट नबाँड्दा २६ अर्बले घट्यो सटही दर


सञ्चार डबली
  • बुधबार, कात्तिक २८ २०८१
  • 5.8K
    SHARES

  • images
    नयाँ नोट नबाँड्दा २६ अर्बले घट्यो सटही दर


    काठमाडौं । यसपटकको दसैं तथा तिहारमा नोट खपत घटेको छ । हरेक वर्ष दसैं, तिहार लक्षित गर्दै नयाँ नोट सटही सुविधा दिने नेपाल राष्ट्र बैंकले यसपटक सुकिला नोट दिएसँगै नोट खपत घटेको हो ।

    केन्द्रीय बैंकले सुकिला नोट दिएसँगै प्रत्येक वर्षको दसैं र तिहारमा नयाँ नोटको प्रयोग गर्दै आइरहेका सर्वसाधारणको मनोभावमा ठेस पुगेको देखियो । फलस्वरूपस् दसैंमा नयाँ नोट नपाएपछि सर्वसाधारणले नोट सटही २६ अर्ब रुपैयाँले घटाएका हुन्।

    राष्ट्र बैंकले नयाँ नोट छाप्दा बढी खर्च हुने भएकाले नोट नछापेको साथै यसपटक नयाँ नोट नछाप्दा राज्य कोषको २ अर्ब जोगिने जनाएको थियो । गत वर्ष राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाबाट सर्वसाधारणले २९ अर्ब रुपैयाँ बढी नोट सटही गरेकामा यसपटक ३ अर्ब रुपैयाँ बढी मात्रै सटही भएको राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकले २०६०–६१ देखि नयाँ नोट सटहीको सुविधा दिएको थियो । त्यसअघि पनि केन्द्रीय बैंकले सिमित मानिसहरुलाई भने नयाँ नोट दसैंमा प्रदान गर्दै आएको थियो । वर्षेनी ६० देखि ७० अर्ब रुपैयाँ बराबरका नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिने गरेको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकले २०७७ सालमा पनि नयाँ नोट बाडेको थिएन ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend