२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार


सञ्चार डबली
  • मंगलबार, कात्तिक २७ २०८१
  • 5.6K
    SHARES

  • images
    १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

    काठमाडौँ, कात्तिक २७ । विकास ऋणपत्र बोलकबोलमार्फत सरकारले १० अर्ब बराबर आन्तरिक ऋण उठाउने भएको छ ।

    बुधबार विकास ऋणपत्र बोलकबोल मार्फत उक्त परिमाणमा आन्तरिक ऋण परिचालन गर्ने भएको हो ।

    सरकारका तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालय मार्फत ६ वर्ष अवधिको ‘विकास ऋणपत्र–२०८७’ बोलकबोल मार्फत १० अर्ब बराबर आन्तरिक ऋण परिचालन गर्ने भएको हो ।

    उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले २८ कात्तिक बुधबारभित्र बोलकबोल पेस गर्नुपर्ने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend