२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार, ७ अर्ब ८५ करोडको काराेबार


सञ्चार डबली
  • मंगलबार, कात्तिक २७ २०८१
  • 5.8K
    SHARES

  • images
    दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार, ७ अर्ब ८५ करोडको काराेबार

    काठमाडौँ, कात्तिक २७ । आज सेयर बजार दोहोरो अंकले घटेको छ। आज शेयर बजार नेप्से परिसूचक ११.२४ अंकले घटेर २७४८.९६ को विन्दुमा कायम भएको छ ।

    आज ३१२ कम्पनीको १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड माथिको सेयर कारोबार भएको छ । आज ८० कम्पनीको मूल्य बढेको छ भने १५७ कम्पनीको मूल्य घटेको छ ।

    आज सबैभन्दा धेरै गुडविल फाइनान्सको सेयर कारोबार भएको छ । यस कम्पनीको २९ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । वेष्ट फाइनान्सको २९ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको २५ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै गराँस लघुवित्त वित्तीय संस्था र मेच्छियाम हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । वेष्ट फाइनान्सका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले पनि ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै गुडविल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.३६ प्रतिशतका दरले गुमाएका हुन् ।

    आज उच्च किनबेच गर्ने कम्पनीहरु यस्ता छन्

    गुडविल फाइनान्स २९ करोड २८ लाख रुपैयाँ,बेस्ट फाइनान्स २९ करोड २५ लाख रुपैयाँ,आँखुखोला जलविद्युत २५ करोड ५९ लाख रुपैयाँ,जानकी फाइनान्स २० करोड ५९ लाख रुपैयाँ,पिपुल्स हाइड्रोपावर १९ करोड ३३ लाख रुपैयाँ,लक्ष्मी सनराइज बैंक १९ करोड १० लाख रुपैयाँ,समृद्धि फाइनान्स १५ करोड ८४ लाख रुपैयाँ,साहस ऊर्जा १३ करोड २० लाख रुपैयाँ,सानिमा माई हाइड्रोपावर १३ करोड २ लाख रुपैयाँ,सुपर मादी हाइड्रोपावर १२ करोड ६२ लाख रुपैयाँको सर्वाधिक कारोबार भएकाे छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend