२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आजको कालीमाटी फलफूल तथा तरकारीको बजार मूल्य, गोलभेडाको भाउ १२२ रुपैयाँ 


सञ्चार डबली
  • सोमबार, कात्तिक २६ २०८१
  • 6.8K
    SHARES

  • images
    आजको कालीमाटी फलफूल तथा तरकारीको बजार मूल्य, गोलभेडाको भाउ १२२ रुपैयाँ 


    काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारको मूल्य प्रकाशित गरेको छ । जसअनुसार आज सखरखण्डको भाउ प्रतिकेजी ५५ रुपैयाँले बढेर १४० रुपैयाँ पुगेको छ भने पिंडालूको भाउ ३५ रुपैयाँले बढेको छ । हरिबोधनी एकादशी भोलि मङ्गलबार भएका कारण बजारमा माग बढेसँगै सखरखण्ड र पिंडालूको भाउ बढेको हो ।  आज पिंडालू प्रतिकेजी ११० रुपैयाँ पुगेको छ ।

    यता, तरकारीहरूमा भिण्डीको भाउ प्रतिकेजी १० रुपैयाँले बढेर ९५ रुपैयाँ, बरेला ४५ रुपैयाँ पुगेको छ । आज टनेल गोलभेडाको भाउ प्रतिकेजी १२२ रुपैयाँ कायम भएको छ भने रातो आलु ७७ रुपैयाँ ६७ पैसा, सेतो आलु ६१ रुपैयाँ ६७ पैसा, लोकल गाजर १५५ रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, तराई बन्दा ५५ रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ तोकिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend