२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

मुद्दती निक्षेपमा १ अर्ब ७० करोड रूपैयाँ लगानी गर्दै राष्ट्र बैंक


सञ्चार डबली
  • सोमबार, कात्तिक २६ २०८१
  • 6.7K
    SHARES

  • images
    मुद्दती निक्षेपमा १ अर्ब ७० करोड रूपैयाँ लगानी गर्दै राष्ट्र बैंक


    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ७० करोड रुपैयाँ अन्य बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले कर्मचारीहरुको उपदान तथा पेन्सन कोषको रकम बैंक तथा वित्तीय संस्थामा राख्ने भएको हो ।

    केन्द्रीय बैंकले ३ सय ६६ दिनका लागि क’ वर्गका वाणिज्य बैंकहरुमा १ अर्ब ३६ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा २५ करोड ५० लाख र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ८ करोड ५० लाख रुपैयाँ निक्षेपमा राख्न लागेको हो।

    निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले बोलकबोलका लागि २७ गतेसम्म आवेदन पेस गरिसक्नुपर्नेछ। आफूले मुद्दती निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी आवेदन दिन केन्द्रीय बैंकले बैंकहरुलाई आह्वान गरेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend