२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

जिल्लामा ९२ स्थानको घरजग्गा लिलामी गर्दै नबिल बैंक


सञ्चार डबली
  • आइतबार, कात्तिक २५ २०८१
  • 8.6K
    SHARES

  • images
    जिल्लामा ९२ स्थानको घरजग्गा लिलामी गर्दै नबिल बैंक


    काठमाडौं ।  नबिल बैंकले देशभरका २५ जिल्लाको ९२ स्थानको घरजग्गा बिक्रीको तयारी थालेको छ । बैंकले सूचना प्रकाशित गर्दै गैरबैँकिङ सम्पत्तिको रुपमा रहेका यी घरजग्गाको लिलाम बिक्रीका लागि १५ दिने बोलपत्र आह्वान गरेको हो ।

    यसरी गैरबैंकिङ सम्पत्ति भएका स्थानहरुका काठमाडौँ उपत्यका एवं तराई तथा भित्री मधेशका जिल्लाहरु रहेका छन् । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ भक्तपुर तथा ललितपुरका विभिन्न स्थानका जग्गा लिलामीमा राखिएको छ ।

    त्यस्तै, तराई तथा भित्री मधेसका जिल्लाहरू अन्तर्गत झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रुपन्देही, बाँके, सुर्खेत बर्दिया र कैलाली जिल्लामा यस्ता गैरबैंकिङ सम्पत्ति लिलाममार्फत् बिक्री गर्न लागिएका छन् ।

    त्यस्तै, पहाडी जिल्लाहरू भोजपुर, दोलखा, काभ्रे, नुवाकोट र दार्चुला जिल्लाको गैरबैंकिङ सम्पत्ति समेत लिलाममा राखिएको छ । इच्छुक व्यक्तिले मंसिर ९ गते कार्यालय समयभित्र कर्जा असुली विभाग बिजुलीबजारमा आइपुग्नेगरी बोलपत्र पेश गर्न आह्वान गरिएको छ । उक्त बोलपत्र मंसिर १० गते खोलिने समेत बैंकले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend