२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

५० प्रतिशतले बढ्यो वैदेशिक रोजगार जीवन बिमा, ३ महिनामा ७१ करोड बिमाशुल्क संकलन


सञ्चार डबली
  • बिहीबार , कात्तिक २२ २०८१
  • 6.5K
    SHARES

  • images
    ५० प्रतिशतले बढ्यो वैदेशिक रोजगार जीवन बिमा, ३ महिनामा ७१ करोड बिमाशुल्क संकलन


    काठमाडौं । वैदेशिक रोजगारमा जानेको संख्या बढेसँगै बिमालेख संख्या पनि बढेको छ। वर्ष दिनमै झन्डै आधा अर्थात् ४५.६८ प्रतिशतले बिमालेख वृद्धि भएको छ। वैदेशिक रोजगारमा जानेका लागि सरकारले अनिवार्य बिमाको व्यवस्था गरेको छ।

    नेपाल बिमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको ३ महिनासम्ममा वैदेशिक रोजगारमा जानेबाट २१ लाख ८६ हजार ५५७ बिमालेख संख्या जारी भएको छ। तर, गत आवको सोही अवधिमा आधाले कम अर्थात् १ लाख ५० लाख ९८३ बिमालेख जारी गरिएको थियो। जीवन बिमा, म्यादी र लघु म्यादीको बिमालेख भने घटेको छ।

    पहिलो त्रैमासमा जीवन बिमालेख संख्या अघिल्लो सोही अवधिको तुलनामा १.२५ प्रतिशतले घटेर ५५ लाख ९० हजार १८६ मा सीमित भएको छ। जबकी अघिल्लो आवको सोही अवधिमा ५६ लाख ६१ हजार १०९ बिमालेख जारी भएको थियो। यस्तै, म्यादी र लघु म्यादी जीवन बिमालेख संख्या पनि वार्षिक १०.६७ प्रतिशतले घटेको छ।

    पछिल्लो समय वैदेशिक रोजगारीको संख्या पनि बढेकाले बिमालेख संख्या बढेको नेपाल राष्ट्र बैंकको भदौसम्मको तथ्यांकले पनि पुष्टि गर्छ। गत भदौसम्ममा वैदेशिक रोजगारका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिनेको संख्या ७६ हजार ४८५ पुगेको छ। साथै पुनः श्रम स्वीकृति लिनेको संख्या ४० हजार ५८३ रहेको छ। जबकी अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७४ हजार ४५५ र ३२ हजार थियो।

    ३ महिनामा ७१ करोड ७८ लाख बिमाशुल्क संकलन
    आर्थिक वर्ष ०८१र८२ को पहिलो त्रैमाससम्ममा वैदेशिक रोजगार बिमालेखबाट मात्रै ७१ करोड ७८ लाख ७७ हजार रुपैयाँ बराबरको बिमाशुल्क संकलन भएको छ। यो कुल सक्रिय रहेको बिमालेखको हो। हाल यस्तो संख्या २१ लाख ८६ हजार ५५७ रहेको बिमा प्राधिकरणले बताएको छ। यद्यपि असोज महिनामा मात्रै ५३ हजार ३ सय ५५ जना वैदेशिक रोजगारीमा जानेले बिमा गरेर थपिएका छन्। जसबाट सो महिनामा मात्रैबिमा कम्पनीहरूले २२ करोड ५१ लाख ९१ हजार रुपैयाँ शुल्क संकलन गरेका छन्। यसको कुल बिमांक रकम ५३ अर्ब ३५ करोड ५० लाख रुपैयाँ थियो। 



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend