२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नोभेम्बर २२ देखि नाइनएन एकेडब्लू जहाज ग्राउन्डेड हुँदै, सी-चेकका लागि कम्पनी छनोटको टेन्डर प्रक्रिया नै रद्द


सञ्चार डबली
  • बिहीबार , कात्तिक २२ २०८१
  • 5.1K
    SHARES

  • images
    नोभेम्बर २२ देखि नाइनएन एकेडब्लू जहाज ग्राउन्डेड हुँदै, सी-चेकका लागि कम्पनी छनोटको टेन्डर प्रक्रिया नै रद्द

    काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानमा दुईवटा न्यारोबडी ए ३२० जहाज प्रयोग गर्दै आएको छ। निगमले कलसाइन नाइनएन एकेडब्लू र नाइनएन एकेएक्स जहाज अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिरहेको छ।

    दुईवटै जहाजको सी-चेक समय नजिकिँदै छ। तर निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीले सी-चेकका लागि कम्पनी छनोट गर्न थालिएको सबै टेन्डर प्रक्रिया कमिसनको कुरा नमिल्दा रद्द गर्दै पुन: टेन्डरको तयारी गरेका छन्। जसका कारण एउटा न्यारोबडी जहाज नोभेम्बरभित्रै ग्राउन्डेड हुने निश्चित भएको छ।

    निगम स्रोतका अनुसार नोभेम्बर २२ देखि नाइनएन एकेडब्लू जहाज ग्राउन्डेड हुँदै छ। जहाजको उडान आवर सकिँदै छ। जहाज सी-चेक नगरी उडान गर्न मिल्दैन।तर नोभेम्बर ६ मा आएपुग्दा अगष्ट ३० देखि सुरु भएको कम्पनी छनोट प्रक्रिया नै रद्द भएको निगम स्रोतले जनाएको छ। स्रोतका अनुसार पुन: १५ दिनको समय दिएर नोभेम्बर ७ मा टेन्डर सूचना जारी हुने छ। यो सूचनाअनुसार अझै निगमलाई डेढ महिनाभन्दा बढी समय सबै प्रक्रिया पूरा गर्न लाग्ने छ। जसका कारण निगमको न्यारोबडी जहाज ग्राउन्डेड निश्चित भएको छ।

    २० महिनाअगाडि नै जहाज २०२४ को नोभेम्बर र फेब्रुअरीमा सी-चेकमा लैजानु पर्ने जानकारी निगम व्यवस्थापन तथा कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सम्बन्धित विभागले गराएको थियो। तर अधिकारीले कमिसनका लागि कम्पनी छनोटमा ढिलासुस्ती गरिरहेका छन्।

    ३० अगष्टमा सुरु गरेको टेन्डर प्रक्रियामा अक्टोबर १० मा समय थप गरिएको थियो। तर अन्तत: कमिसनको कुरा नमिल्दा टेन्डरमा सहभागी कम्पनीको विषयमा कुनै मूल्यांकन गरी प्रक्रिया नै रद्द गरिएको निगम स्रोतको दाबी छ।

    निगम स्रोतका अनुसार श्रीमतीको उपचारका लागि भन्दै कार्यकारी अध्यक्ष अधिकारी कमिसनको खेल मिलाउन भारत भ्रमणमा पुगेका थिए। उक्त भ्रमणमा कमिसनको कुरा नमिलेपछि टेन्डर नै रद्द गरिएको निगम स्रोतको दाबी छ।

    स्रोतका अनुसार जहाज सी-चेका लागि टेन्डर प्रक्रियामा भारतीय कम्पनीले आवेदन दिएको थियो। उक्त कम्पनीसँग कुरा नमिलेपछि अधिकारी टेन्डर प्रक्रिया नै रद्द गरेको स्रोतको दाबी छ।

    कम्पनी छनोटमा सेटिङ गरिरहेका अधिकारीले फेरि नेपाल नागरिक उड्डयन प्राधिकरणमाथि ब्याकमेल गर्दै सी-चेकको समय आएपनि समय थप गराउने खेलमा लागिपरेका छन्। प्राधिकरण स्रोतले भने निगमको जहाजमा सेफ्टीको प्रश्न उठ्न थालेकाले समय थप नहुने संकेत गरिसकेको छ।

    विगतमा वाइडबडीको सी-चेकमा समय थप गरेपनि निगमले समयमा नै जहाज सी-चेक नगराउँदा जहाज नेपाल ल्याउन सकेको छैन। अगष्ट २८ मा सी-चेक गरी जहाज नेपाल ल्याउने भन्दै इटाली लगिएको जहाज अझै आउन सकेको छैन। जहाज नेपाल आउने भाका सरेको सर्‍यै छ।

    यसैगरी सेप्टेम्बरमा सी-चेक गरेर ल्याइएको जहाजमा समेत बारम्बार समस्या आइरहेको छ। समयमा नै जहाज मर्मत नहुँदा निगमको उडान प्रभावित भएको छ। यात्रुप्रतिको विश्वसनियता गुमाएको छ भने व्यापार पनि ६० प्रतिशतसम्मले गुमाएको छ। बजार हिस्सा घटेको घट्यै छ।


    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend