२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

तिहार सक्किएसँगै सानलाई धान भित्र्याउने चटारो 


सञ्चार डबली
  • मंगलबार, कात्तिक २० २०८१
  • 5.2K
    SHARES

  • images
    तिहार सक्किएसँगै सानलाई धान भित्र्याउने चटारो 


    काठमाडौं । तिहार सकिएसँगै मकवानपुरका किसानहरु नियमित कामकाजमा फर्कन थालेका  छन् । भाइटिकाको भोलिपल्टदेखिनै हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, भिमफेदी गाउँपालिका लगायत क्षेत्रका किसानहर धान भित्र्याउन खेतमा व्यस्त हुन थालेका हुन् । 

    केही किसानले तिहारअघिनै धान भित्रयाइसकेका छन् भने केही धान भित्र्याउने चटारोमा छन् ।दिनहुँजसो पानी पर्ने संभावनाका कारण पनि किसान चिन्तीत बन्नुपरेको मकवानपुरगढीका किसान उत्तम सापकोटा बताउँछन् । खेतको धान भित्रयाएपछी तोरी, आलु, तरकारीहरु, मकै समेत किसानले लगाउने गरेका छन् ।

    पानी परे भित्र्याउने अवस्थाको धानमा क्षति पुग्छ भनेर उनीहरू तिहारको टीका लगाएर धान भित्रयाउन खेतमा खटिएका हुन् । बिहानै खेतमा पस्ने किसान अहिले धान काट्न, झाँट्न र भित्रयाउन व्यस्त छा् । वर्षभरको खर्च जुटाउने मुख्य बाली भएकाले घरै सुनसान हुने गरी खेतमा व्यस्त हुनुपरेको किसान बताउँछन् । पाकेको बाली त्यत्तिकै राख्दा झरेर जाने हुन्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend