२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

विश्व बजारमा बढ्यो कच्चा तेलको भाउ 


सञ्चार डबली
  • सोमबार, कात्तिक १९ २०८१
  • 6.0K
    SHARES

  • images
    विश्व बजारमा बढ्यो कच्चा तेलको भाउ 

    काठमाडौं । विश्व बजारमा कच्चा तेलको भाउ बढेको छ । पेट्रोलियम निर्यातकर्ता देशहरूको समूह ओपेक र समूह बाहिरका रुस लगायत प्रमुख तेल उत्पादक देशहरू अर्थात् ओपेक प्लसले उत्पादन बढाउने योजनामा अरू एक महिना ढिलाइ गरेपछि तेलको भाउले सोमबार टेवा पाएको हो ।

    लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा बिहानी कारोबारमा ब्रेन्ट क्रुडको भाउ १ डलर १८ सेन्ट अर्थात् १ दशमलव ६१ प्रतिशतले बढेर ७४ डलर २८ सेन्टमा पुगेको थियो । न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा वेस्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) को भाउ पनि १ डलर २१ सेन्ट अर्थात् १ दशमलव ७४ प्रतिशतले बढेर प्रतिब्यारेल ७० डलर ७ सेन्टमा उक्लिएको थियो ।

    आइतबार ओपेक प्लसले दैनिक २२ लाख ब्यारेल कच्चा तेलको उत्पादन घटाउन योजना एक महिना बढाएर डिसेम्बरसम्म पुर्‍याउने निर्णय गरेको थियो । विश्व बजार कच्चा तेलको भाउ घटेको अनि कमजोर मागतर्फ औँल्याउँदै समूहले यस अघि नै एक महिना उत्पादन कटौतीको योजना लम्ब्याइसकेको थियो ।

    जनवरीसम्म उत्पादन वृद्धिको योजनामा ढिलाइ गर्दा पनि खासै फरक नदेखिने आईएनजीका विश्लेषकहरूले एक नोटमा भनेका थिए । आगामी महिनामा समूहले दैनिक २२ लाख ब्यारेलको उत्पादन कटौतीको योजनामा क्रमिकः रूपमा अन्त्य गर्दै जाँदैछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend