२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडाच्याङ्ग्रा बिक्री


सञ्चार डबली
  • शनिबार, कात्तिक १७ २०८१
  • 6.7K
    SHARES

  • images
    तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडाच्याङ्ग्रा बिक्री


    काठमाडौं । तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडाच्याङ्ग्रा बिक्री भएको छ। म्याग्दी, बागलुङ, पोखरा र काठमाडौंका बजारमा यही कात्तिक महिना सुरुभएदेखि चार हजार ४० भेडाच्याङग्रा झारिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।

    केन्द्रका प्रमुख लालमणी अर्यालका अनुसार यसपालीको दसैं पर्वका लागि आठ हजार भेडाच्याङग्रा बिक्री भएको थियो। पशु चिकित्सकले स्वास्थ्य परीक्षण गरेर निरोगी भेडाच्याङ्ग्रा मात्र बजार पठाउने गरिएको छ।

    दसै र तिहार पर्वका लागि मुस्ताङको बाटो भएर जिल्लाका कृषकले पालेका सहित डोल्पा र मुगुबाट ल्याइएका भेडाच्याङ्ग्रा बजारमा बिक्री भएको हो।  जडिबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु पोषिलो मानिन्छ। तीन वर्ष पुरा भएका च्याङ्ग्रा मासुका लागि बिक्री हुने गर्छ। गत वर्ष खोरमै प्रतिगोटा ४० हजार भन्दा बढी मूल्य तिरेर च्याङ्ग्रा खरिद गरेका ब्यापारीले यसपाली प्रतिगोटा ३० हजारदेखि ३३ हजारमा किसानहरुबाट खरिद गरेका छन्।

    गत वर्ष काठमाडौ पोखरामा प्रतिगोटा ५५ हजारसम्म परेको च्याङग्राको मूल्य यसपाली ४५ हजार रुपैयाँभन्दा कममा बिक्री भएको छ। गत वर्ष च्याङ्ग्रा बिक्री नभएर व्यापारीले नोक्सान बेहोरेको गुनासो गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend