२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 राष्ट्रिय टिमकी अमिषालाई १ लाख नगदसहित सम्मान


सञ्चार डबली
  • शुक्रबार, कात्तिक १६ २०८१
  • 5.8K
    SHARES

  • images
     राष्ट्रिय टिमकी अमिषालाई १ लाख नगदसहित सम्मान


    काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीकी मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले कार्कीलाई १ लाख नगद रुपैयाँसहित शुक्रबार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिप २०२४ मा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए ।

    अमिषाको प्रदर्शनले नेपाली युवालाई उत्प्रेरणा मिलेको संस्थाले अर्पण गरेको सम्मानपत्रमा उल्लेख छ । अमिषाले बुधबार दशरथ रङ्गशालामा भएको साफ महिला च्याम्पियनसिप को फाइनल खेलमा बङ्गलादेश विरुद्ध गोल गरेकी थिइन् । यद्यपि सो खेलमा नेपाल २–१ गोलले पराजित भएको थियो ।

     उनले सेमिफाइनलमा भारतविरुद्ध पेनाल्टी सुटआउटमा निर्णायक पेनाल्टी प्रहार गर्दा नेपालले ४– २ गोलको जित निकालेको थियो । सामाजिक संस्था एसएस फाउन्डेसनले विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । विपदमा परेकालाई सहयोग गर्नेदेखि सामाजिक काम गर्ने व्यक्तिलाई सम्मान गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend