२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 बैंकिङ्ग निक्षेप घट्दो क्रममा, एकैदिन ४ अर्बले बढ्यो कर्जा प्रवाह


सञ्चार डबली
  • शुक्रबार, कात्तिक १६ २०८१
  • 5.9K
    SHARES

  • images
     बैंकिङ्ग निक्षेप घट्दो क्रममा, एकैदिन ४ अर्बले बढ्यो कर्जा प्रवाह


    काठमाडौं । पछिल्लो समय बैंकिङ्ग प्रणालीमा ६६ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंकको कात्तिक १२ गते सोमबारको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा सो रकम बराबरको निक्षेप संकलन भएको हो । अघिल्लो दिन कात्तिक ११ गते आइतबार बैंकिङ्ग प्रणालीमा ६६ खर्ब २३ अर्ब निक्षेप संकलन भएको थियो । यसरी हेर्दा बैंकिङ्ग प्रणालीको निक्षेपमा एकदिनमा २ अर्बको गिरावट देखिएको छ ।

    यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा पनि १ अर्बको गिरावट देखिएको छ । कात्तिक ११ गते ५८ खर्ब ८९ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकले १२ गते ५८ खर्ब ८८ अर्ब रुपैयाँ रकम बराबरको निक्षेप संकलन गरेका छन् ।

    सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा ४ अर्बको वृद्धि देखिएको छ । कात्तिक ११ गते ५२ खर्ब ७६ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले १२ गते ५२ खर्ब ८० अर्ब कर्जा प्रवाह गरेका छन् ।

    त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा पनि ४ अर्बले बढेको छ । गत कात्तिक ११ गते ४६ खर्ब ७० अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंंकहरुले १२ गते ४६ खर्ब ७४ अर्ब बराबरको कर्जा प्रवाह गरेका छन् ।

    राष्ट्र बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ । साथै, राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो ७८.४१ प्रतिशत कायम भएको देखाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend