२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 रसियाले युटयुबको प्रतिब्नधपछि गुगललाई गर्‍यो विश्वको जीडीपीभन्दा बढी रकम जरिवाना


सञ्चार डबली
  • शुक्रबार, कात्तिक १६ २०८१
  • 5.3K
    SHARES

  • images
     रसियाले युटयुबको प्रतिब्नधपछि गुगललाई गर्‍यो विश्वको जीडीपीभन्दा बढी रकम जरिवाना


    काठमाडौं ।  रसियाले अमेरिकी टेक जायन्ट गुगुललाई अप्रत्याशित रकम जरिवाना तिर्न भनेको छ। क्रेमलिनले गुगुलाई दुई अनडेसिलियन रुबेल (२० लाख ट्रिलियन ट्रिलियन डलर) जरिवाना गरेको हो।

    युट्युबमा रसिया समर्थित च्यानलहरुमाथि प्रतिबन्ध लगाएको भन्दै गुगलमाथि विश्वमा भएको रकम भन्दा बढी रकम तिर्न भनेको हो। रसियाले २०,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,००० अमेरिकी डलरको जरिवाना गरिएको हो।

    यो जरिवाना गरिएको रकम विश्वको जीडीपी भन्दा पनि बढी हो। अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वको जीडीपी हाल ११० ट्रिलियन अमेरिकी डलर रहेको जनाएको छ।

    यो रकम कतिको भनेर उच्चारण गर्न नसिकिने स्वयम् क्रेमलिनका अधिकारीहरुले बताएका छन्। उसले गुगलले आफ्नो प्लेटफर्ममा रसियालीहरुलाई प्रतिबन्ध लगाउन नहुने जनाएको छ।

    यो रकम कतिको भनेर उच्चारण गर्न नसिकिने स्वयम् क्रेमलिनका अधिकारीहरुले बताएका छन्। उसले गुगलले आफ्नो प्लेटफर्ममा रसियालीहरुलाई प्रतिबन्ध लगाउन नहुने जनाएको छ।

    गुगलले भने रसियाको यो कदम अकाउन्टहरु बन्द गरिएको कारण चालिएको थाहा पाएको जनाएको छ। यो जरिवानाले कुनै असर नपर्ने गुगुलको प्रतिक्रिया छ।

    गुगुलले करिब १७ वटा रसियाली च्यानललाई युट्युबमा प्रतिब्नध लगाएको छ। रसियाली च्यानलमाथिको प्रतिबन्ध लगाउने कार्य सन् २०२० देखि नै सुरु भएको छ। यद्यपि, २०२२२ देखिमा रसिया र युक्रेन युद्धपश्चात प्रतिब्नधको सिलसिला बढेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend