२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 ७ प्रतिशतमा झर्यो वाणिज्य बैंकहरुको औसत आधारदर, कुनको कति ?


सञ्चार डबली
  • बुधबार, कात्तिक १४ २०८१
  • 5.0K
    SHARES

  • images
     ७ प्रतिशतमा झर्यो वाणिज्य बैंकहरुको औसत आधारदर, कुनको कति ?


    काठमाडौं । वाणिज्य बैंकहरुको आधार दर ७ प्रतिशतमा झरेको छ। बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार सबै बैंकबाट एकल अंकको ब्याजदरमा नै कर्जा पाइने भएकाे हाे। असोज मसान्तसम्ममा बैंकहरुको औसत आधारदर ७.३४ प्रतिशत रहेको छ।

    असोज मसान्तसम्म स्टाण्डर्ड चार्टर्ड बैंकको आधारदर सबैभन्दा कम अर्थात् ५.७१ प्रतिशत मात्रै छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको आधारदर ६.०५ प्रतिशत, नेपाल बैंकको ६.७२ प्रतिशत , नबिल बैंकको ७.०२ प्रतिशत, कृषि विकास बैंकको ७.०७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७.०८ प्रतिशत, सानिमा बैंकको ७. २४ प्रतिशत र ग्लोबल आईएमई बैंकको ७.२९ प्रतिशत रहेकाे छ ।

    यस्तै, एनआईसी एशिया बैंकको आधारदर सबैभन्दा धेरै ८.३७ प्रतिशत छ भने हिमालयन बैंकको ८.३५ प्रतिशत सिटिजन्स बैंकको ७.९२ प्रतिशत, एभरेष्ट बैंककाे ६.८० प्रतिशत रहेकाे छ ।

    यसैगरी, प्राइम कमर्शियल बैंकको ७.९२ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ७.७९ प्रतिशत, एसबीआई बैंकको ७.७२ प्रतिशत, प्रभु बैंकको ७.६५ प्रतिशत, माछापच्छ्रे बैंकको ७.६१ प्रतिशत, सिद्धार्थ बैंकको ७.५८ प्रतिशत, एनएमबि बैंकको ७.४९ प्रतिशत र कुमारी बैंकको ७. ४८ प्रतिशत रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend