२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

बन्द होलान् त सिन्धुपाल्चोकका अवैध क्रसर उद्योग ? अनुगमन गर्दै प्रशासन


सञ्चार डबली
  • मंगलबार, कात्तिक १३ २०८१
  • 5.0K
    SHARES

  • images
    बन्द होलान् त सिन्धुपाल्चोकका अवैध क्रसर उद्योग ? अनुगमन गर्दै प्रशासन


    काठमाडौं ।  सिन्धुपाल्चोक जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगको स्थलगत अनुगमन सुरु भएको छ । सोमबार जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ उपप्रमुख पदमनाथ नेपाल,  प्रमुख जिल्ला अधिकारी किरण थापा,  जिल्ला प्रहरी प्रमुख सन्तोष खड्का, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख राजन प्रजापती, सशस्त्र प्रहरी बलका प्रमुख राजेश्वर खनाल,  उद्योग तथा वाणीज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेल, कोष तथा लेखा नियन्त्रक कार्यालयका  प्रकाश  आचार्य  , जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका निमित्त जिल्ला समन्वय अधिकारी दीपा प्रधान ,  इन्जिनियर प्रशान्त अधिकारी, जिसस सचिबालयका प्रेम कुमार दङ्गाल, लोकप्रिय नेत्रज्योती सञ्चार समूहका प्रवन्ध निर्देशक नेत्र बहादुर बस्नेत सम्मिलित उच्चस्तरीय सरकारी टोलीले चौतारा साँगाचोकगढी नगरपालिका – ११ मा सञ्चालनमा आएका  क्रसर उद्योगहरुको स्थलगत अनुगमन गरेको हो । 

    अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी किरण थापाले चौतारा साँगाचोकगढी नगरपालिका – ११ मा मात्र होइन जिल्लाका सबै  सञ्चालनमा आएका क्रसर उद्योग, क्रसर उद्योग सञ्चालकले आसपासका खोलामा  अनुगमन गरिने र अबैध रुपमा भएको उत्खननलगायतका बारेमा स्थलगत अनुगमन गरि आबश्यक कानुनी कार्बाही गरिने बताए ।

    जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठले  हरेक पटक सम्झाउँदा पनी अटेर गरी गत बर्षको स्टक सामानहरु समेत नदेखाएकाले  क्रसर उद्योगहरुमाथी स्थmगत अनुगमन गरी कानुन बिपरित गर्नेलाई कार्वाहीको दयरामा ल्याउँने  बताए । उनले  मापदण्ड विपरीत सञ्चालन गरिएका क्रसर उद्योगलाई कानुनको दायरामा ल्याउन स्थलगत अनुगमन सुरु गरिएको  स्पष्ट पार्दै  प्रक्रिया मिचेर सञ्चालन गरिएका क्रसर उद्योगलाई कारबाही हुने समेत बताए ।  जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्काले जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगका बारेमा व्यापक गुनासो आएकाले उच्चस्तरीय टोलीले अनुगमन थालेको बताए । 

    उनले कतिपय क्रसर उद्योग सडकदेखि पाँच सय मिटरको दूरीभित्रै सञ्चालनमा ल्याइएको अवस्थामा फेला परेकाले त्यस्ता क्रसर उद्योगका बारेमा अब छिट्टै स्थानीय प्रशासनले प्रक्रिया थाल्ने बताए । 

    सिन्धु स्टोन एण्ड कन्ट्रक्सन, श्री कालिञ्चोक भगवती एग्रीगेट इन्ड्रस्ट्रीज प्रालि  बनदेउ क्रसर उद्योग र बच्छलादेबी एग्रीगेट क्रसर उद्योगहरुमा गरिएको अनुगमनका क्रममा अबैध रुपमा उत्खनन गरिएको बालुवा सहित टिपर आबश्यक कार्बांहीका लागी नियन्त्रणमा ल्इिएको छ भने बच्छलादेबी एग्रीगेटका सञ्चालक इन्द्र राज गिरीले नदीबाट बालुवा निकाल्नका लागी २ ड्रम डिजेल समेत नदीमा लगेको र अनुगमनका क्रममा स्काइभेटरलाई कुनामा नदेख्ने गरी लुकाइएको भिडीयो र फोटो खिचेपछी फोटो नखिच्न र भिडीयो नबाउँन भन्दै  पत्रकार नेत्र बस्नेत माथी अभद्र व्यबाहार समेत गरेका थिए । 

    अनुगमनका क्रममा अरु क्रसरका व्यवसायीहरुले नियमानुसार कार्य गर्ने प्रतिबद्धता जनाएपनी बछलादेबीका सञ्चालक गिरीले भने नगरपालिकाको लापार्बाहीका कारण ठेक्का नलागेको, आफुले बुझाउँन पर्ने कर समेत नगरपालिकाले बुझ्न नमानेको बताउँदै खोलामा लुकाई राखेको स्काइभेटर र डिजेल नगरपालिकाको भएको बताए ।खोलाको अनुगमन गर्न पर्दैन भन्दै गिरीले बिभिन्न बाहाना बनाई अल्मल्याउँन खोजेपछी प्रजिअ र प्रहरी प्रमुख सहित खालामा स्थलगत अनुगमन गर्न गएपछी गिरी आक्रोसित बनेका थिए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend