२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

काठमाडौं महानगरभित्रका यी ४६ स्थानमा तिहारका लागि स्वदेशी फूल बेच्न पाइने


सञ्चार डबली
  • मंगलबार, कात्तिक १३ २०८१
  • 6.5K
    SHARES

  • images
    काठमाडौं महानगरभित्रका यी ४६ स्थानमा तिहारका लागि स्वदेशी फूल बेच्न पाइने


    काठमााडौं । काठमाडौं महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न यस वर्षको दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा विक्री वितरण प्रबन्ध गरेको छ ।

    महानगरपालिकाले तिहारमा स्वदेशी फूल उत्पादक किसानलाई प्रोत्साहन; प्लाष्टिकका फूल विक्रीमा प्रतिबन्ध ,प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री विक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्धन गरेको हो ।

    महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले गतवर्ष सिकाई र अभ्यासबाट किसानहरुलाई सहजता प्रदान गर्ने प्रयास गरिएको बताएका छन् । गएको वर्ष पनि प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल विक्री गर्ने स्थान मिलाइएको थियो । त्यस ठाउँमा पुग्न महानगर प्रहरी बलको सवारी साधन उपयोग गरिएको थियो । 
    यि हुन् विक्री वितरण गर्न पाइने ४६ स्थानः
    १) आरती पार्टी प्यालेस, माछा पोखरी
    २) बुद्ध मल, माछा पोखरी
    ३) बालाजु भाटभटेनी, माछा पोखरी,
    ४) भ्याली कोल्ड स्टोर, बालाजु
    ५) सामुदायिक भवन, बालाजु
    ६) धर्म चक्र पार्क, स्वयम्भू
    ७) स्वयम्भू मार्ट
    ८) भाटभटेनी, कलंकी
    ९) कलंकी ट्र्रेड सेन्टर, कलंकी
    १०) एस. एन. एस., कलंकी
    ११) एन. बि. टि. सि., कलंकी
    १२) नेपा व्याङ्क्वेट, खुशिँवु
    १३) बिग मार्ट, कालधारा, पकनाजोल
    १४) साल्ट ट्र्रेडिङ   कर्पोरेसन, कालीमाटी
    १५) काठमाडौँ मल, सुन्धारा
    १६) सिभिल मल, सुन्धारा
    १७) सिटिसि मल, सुन्धारा
    १८) रञ्जना मल, नयाँ सडक
    १९) विग मार्ट कम्प्लेक्स, अनामनगर
    २०) एटि कम्प्लेक्स, न्यू प्लाजा
    २१) भाटभटेनी, अनामनगर
    २२) आइटी प्लाजा, कमलादी
    २३) संकटा चोक, टेवहाल
    २४) के. एल. टावर, चाबहिल
    २५) वि एन्ड एसएम, बौद्ध
    २६) भर्गो जापान, शंखमुल
    २७) आइप्लेक्स, बानेश्वर
    २८) एनबि सेन्टर, नयाँ बानेश्वर
    २९) फोनिक्स टावर, बत्तीसपुतली
    ३०) चाबहिल फुटबल चौर, चाबहिल गणेश स्थान
    ३१) बिगमार्ट, शंखमुल
    ३२) बिबिएसएम, कोटेश्वर
    ३३) सिफल चौर, सिफल
    ३४) केटिएम पार्टी प्यालेस,
    ३५) निराकल कम्प्लेक्स, शंखमुल
    ३६) एसि कम्प्लेक्स, चाबहिल
    ३७) भाटभटेनी, कोटेश्वर
    ३८) भाटभटेनी, नक्साल
    ३९) विग मार्ग, बालुवाटार
    ४०) सेल्स बेरी, महाराजगञ्ज
    ४१) भाटभटेनी, महाराजगञ्ज
    ४२) कोइराला मार्ट, सामाखुशी
    ४३) विग मार्ट, सामाखुशी
    ४४) सिटी सेन्टर, कमलपोखरी
    ४५) ल्होत्से मल, बालाजु
    ४६) सासा ब्याङकेट सोह्रखुट्टे

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend