२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

लगातारको गिरावटपछि बढ्यो नेप्से, कति भयो कारोबार ? 


सञ्चार डबली
  • सोमबार, कात्तिक १२ २०८१
  • 7.8K
    SHARES

  • images
    लगातारको गिरावटपछि बढ्यो नेप्से, कति भयो कारोबार ? 


    काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.४१ अंकले बढेर २६४५.३६ को विन्दुमा कायम भएको छ । सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ विन्दुमा अडिएको छ। 

    अघिल्लो दिन आइतबार नेप्से परिसूचक ९ अंकले घटेको थियो। नेप्से बढेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा बढेको छ। यसदिन ३०७ स्क्रिप्सको १ करोड ४ लाख १८ हजार ९२६ कित्ता सेयर ५ अर्ब ३४ करोड ४८ हजार ९१२ रुपैयाँ खरिदबिक्री भए। आइतबार ४ अर्ब बराबरको सेयर कारोबार भएको थियो। आज दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

    जानकी फाइनान्स र डोल्टी पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ३३ अर्ब मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी समृद्धि फाइनान्सले २४ करोडको सेयर कारोबार गर्दा लाइफ इन्स्योरेन्सको १९ करोड,जानकी फाइनान्सको १६ करोड र पिपुल्स हाइड्रोपावरको १५ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

    सबै समूहको उपसूचक सकारात्मक देखिएका छन्। आज फाइनान्स समूहको उपसूचक सर्वाधिक ३.४६ प्रतिशतले बढ्यो। कारोबारमा आएकामध्ये २१३ स्टक्सको मूल्य बढ्दा २८ वटाको घट्यो। बाँकी २ स्टक्सको मूल्य भने स्थिर रह्यो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend