२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 तीन महिनामा यातायात कार्यालयले सङ्कलन गर्यो २२ करोड ८१ लाख राजस्व 


सञ्चार डबली
  • सोमबार, कात्तिक १२ २०८१
  • 6.3K
    SHARES

  • images
     तीन महिनामा यातायात कार्यालयले सङ्कलन गर्यो २२ करोड ८१ लाख राजस्व 


    काठमाडौं ।  चालु आर्थिक २०८१–८२ को पहिलो तीन महिनाको अवधिमा यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१–८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले २२ करोड ८१ लाख ४७ हजार आठ सय दुई राजस्व  सङ्कलन भएको कार्यालयले जानकारी दिएको छ । 

    चालु आवको तीन महिनामा सवारी करबाट दुई करोड ७४ लाख ६४ हजार नौ सय ५१, सवारी चालक अनुमतिपत्र वितरणबाट सात करोड ५८ लाख ७२ हजार ४८, यातायात क्षेत्रको आम्दानीबाट १२ करोड ४८ लाख दुई हजार पाँच सय ५३ तथा बेरुजुबाट आठ हजार दुई सय ५० राजस्व सङ्कलन भएको छ ।

    यस्तै चालु आवको सो अवधिमा मोटरसाइकल पाँच सय ७३ वटा, साना सवारी तीन सय ३२ वटा, टेम्पो–ई–रिक्सा दुई सय ४८ वटा, ठूला तथा मझौला सवारी एक सय ५८ वटा र ट्र्याक्टर एक गरी एक हजार तीन सय १३ नयाँ सवारी दर्ता भएका छन् । यस अवधिमा नयाँ एक हजार एक सय ९६ र वर्ग थप आठ सय ५९ गरी दुई हजार ५५ जनालाई सवारी चालक अनुमति पत्र (लाइसेन्) वितरण गरिएको छ ।

    यस्तै सो अवधिमा एक हजार पाँच सय ४६ नवीकरण, २९ वटा प्रतिलिपी १७  नवीकरण प्रतिलिपी दिइएको जनाएको छ । सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०८१ मा विभिन्न शीर्षकमा रु ५६ करोड सात लाख १७ हजार राजस्व सङ्कलन गरेको थियो भने चार हजार तीन सय ९९ वटा सवारी साधन दर्ता गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend