२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आजदेखि सञ्चालनमा ल्याइँदै रसुवागढी– केरूङ अन्तर्राष्ट्रिय राजमार्ग 


सञ्चार डबली
  • सोमबार, कात्तिक १२ २०८१
  • 6.2K
    SHARES

  • images
    आजदेखि सञ्चालनमा ल्याइँदै रसुवागढी– केरूङ अन्तर्राष्ट्रिय राजमार्ग 


    काठमाडौं । अविरल वर्षाका कारण बन्द रसुवागढी– केरूङ अन्तर्राष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा ल्याइँदै छ ।अविरल वर्षाले क्षति पु¥याई गत असोज १२ गतेबाट अवरूद्ध चिनियाँ भूभागको सडक पुनःनिर्माण सम्पन्न गरी आजबाट यातायात सञ्चालनमा ल्याउन लागिएको हो ।

    चिनियाँ पक्षले सडक मर्मत गरी आजबाट सञ्चालनमा ल्याउने जानकारी दिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए । रसुवागढी–केरूङ खण्डअन्तर्गत ठोङ्सा नजिक चिनियाँ पाखामा पहिरो जाँदा अवरूद्व भएको थियो । सडक अवरूद्ध भएपछि चिनियाँ मालसामान ढुवानी गर्ने सवारीसाधन टिमुरे क्षेत्रमै रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend