२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

१८ औँ गोदावरी पुष्प मेलाः  करोड बढीको कारोबार गर्दै सम्पन्न, ४३ हजारले गरे अवलोकन


सञ्चार डबली
  • सोमबार, कात्तिक १२ २०८१
  • 6.9K
    SHARES

  • images
    १८ औँ गोदावरी पुष्प मेलाः  करोड बढीको कारोबार गर्दै सम्पन्न, ४३ हजारले गरे अवलोकन


    काठमाडौं । ललितपुरको जावलाखेल मैदानमा चलेको १७ औं गोदावरी पुष्प मेला आइतबार सम्पन्न भएको छ । चारदिनदेखि चलेको मेलामा ४३ हजार ६ सयले अवलोकन गर्दा १ करोड १८ लाखको कारोबार भएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ । एसोसिएसन आयोजनामा कार्तिक ८ गते देखि सुरू भएको मेलामा पहिलो दिन ६ हजार ९ सय जनाले अवलोकन गर्दा २५ लाखको कारोबार भएको हो । 

    दोस्रो दिन ९ हजार ८ सय जनाले अवलोकन गर्दा २५ लाख रुपैयाँ बराबरको कारोबार भएको र तेस्रो दिन हिजो (शनिवार) १५ हजार ९ सय जनाले अवलोकन गर्दा ५० लाखको कारोबार भएको थियो भने आज अन्तिम दिनमा ११ हजारले अवलोकन गर्दा  २८ लाखको कारोबार भएको आयोजकले जनाएको छ । 

    चार दिनसम्म चल्ने मेलामा ४० हजार बढीले प्रत्यक्ष अवलोकन तथा एक करोडभन्दा बढीको व्यवसायीक कारोबार हुने आयोजकको प्रक्षेपण भएपनि लक्ष्यभन्दा बढी कारोबार र अवलोकनकर्ताको भएको मेला संयोजक रामबहादुर तामाङले बताए । पुष्प व्यवसाय प्रवर्धनका सम्वन्धमा समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पु¥याउनका लागि प्रदर्शनी आयोजना गरिएको हो ।

    मेला अवधिभर अवलोकनकर्ताले सबैभन्दा बढी बहु वर्षे फुल्ने फूलप्रति बढी आकर्षण भएको देखिएको र त्यही बढी मात्रामा खरिद भएको फ्लोरीकल्चर एसोसिएसन नेपालका निवर्तमान अध्यक्ष मिनबहादुर तामाङले बताए । इन हाउस ग्रीन प्लान्टको पनि विक्रि राम्रै देखिएको उनले बताए । मेलाको अवलोकनका लागि विभिन्न अनुसन्धानकर्ता, कलेज तथा स्कुलका बालबालिकाहरू आएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend