२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

लक्ष्मी सन्‌राइज बैंकको पोखरा र रौतहटमा सेवा विस्तार, बाटुलेचौरमा एक्स्टेन्सन काउन्टर सञ्चालन


सञ्चार डबली
  • आइतबार, कात्तिक ११ २०८१
  • 6.8K
    SHARES

  • images
    लक्ष्मी सन्‌राइज बैंकको पोखरा र रौतहटमा सेवा विस्तार, बाटुलेचौरमा एक्स्टेन्सन काउन्टर सञ्चालन

    आइतवार, कार्तिक ११ २०८१
    काठमाडौँ - लक्ष्मी सन्‌राइज बैंकले कास्की जिल्लाको पोखरामा शाखास्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकले पोखरा महानगरपालिका वडा न. २६ स्थित बुढीबजारमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा न. ६ स्थित हल्लनचोक (लेकसाइड) मा स्थानान्तरण गरी सेवा विस्तार गरेको हो ।

    स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरूले सोही महानगरपलिकको वडा न. २७ स्थित लेखनाथ (तालचोक) शाखा मार्फत सेवा लिन सक्नुहुनेछ ।

    सेवा विस्तारकै क्रममा बैंकले आफ्नो २७औँ एक्स्टेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । उक्त काउन्टर पोखरा महानगरपलिका वडा न. १६ को बाटुलेचौरमा स्थापना भएको हो ।

    साथै ग्राहकहरुको सहजता लागि रौतहट जिल्लाको गौर नगरपलिका वडा न.३ मा स्थित शाखा कार्यालय सोही वडाको ३० मिटर पूर्वतर्फ स्थानान्तरण भएको छ ।

    स्थानान्तरण भए सँगै लक्ष्मी सन्‌राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएका शाखाहरूले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्नेछ ।

    हाल लक्ष्मी सन्‌राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३२१ एटिएम, २७ एक्स्टेन्सन काउन्टर र १२८ शाखा रहित बैँकिङ्ग एजेन्ट रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend