२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

टाटाको फ्लोड फिक्स रिस्टोरेसन क्याम्प, टोल फ्रीमा कल गरेर घरमै गाडी जाँच्न बोलाउन सकिने


सञ्चार डबली
  • आइतबार, असोज १३ २०८१
  • 6.9K
    SHARES

  • images
    टाटाको फ्लोड फिक्स रिस्टोरेसन क्याम्प, टोल फ्रीमा कल गरेर घरमै गाडी जाँच्न बोलाउन सकिने

    आइतवार, असोज १३ २०८१

    काठमाडौँ - टाटा मोटर्सद्वारा देशव्यापी आइपरेको बाढि पहिरो तथा डुवानका घटनाबाट टाटा प्यारेन्जर गाडीमा क्षति पुगेका गाडीहरुमा थप क्षति हुनबाट रोक्नका लागि आपतकालिन सर्भिस सुविधाको व्यवस्था गरेको छ।

    यस अन्तर्गत टाटा मोटर्सको हट लाइनमा सम्पर्क गरी घरमा नै यस सुविधा लिन सकिने कम्पनीले जनाएको हो । टाटा मोटर्सका सर्भिस टिमले घरमा नै गएर गाडीको चेकजाँच गरी मर्मतको सुविधा प्रदान गर्नेछन । यदि गाडी घरमा मर्मत गर्न सम्भव नभएमा सिप्रदीको सर्भिस सेन्टरमा लागि गाडीलाई पुर्ण मर्मत गरी ग्राहकलाई हस्तान्तरण गरिने कुरा कम्पनीले जानकारी गराएको छ ।

    यस दुःखद घडीमा ग्राहकवर्गलाई आफ्नो गाडीमा थप क्षति हुन नदिनका लागि तथा ग्राहक सेवालाई चुस्त बनाउनका लागि यस किसिमको सेवा प्रदान गर्न लागिएको हो । यस सेवाका लागि हटलाइन  टोल फ्री नं. १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिनेछ ।

    यस चाडपर्वको अवसरमा टाटाका ग्राहकहरुलाई बाढीले पुर्याएको असुविधालाई ध्यानमा राखि यस बिशेष आपलकालिन सर्भिस सुविधा उपलब्ध गराएको कम्पनीका सर्भिस बिभागका महाप्रबन्धक कुमार भण्डारीले जानकारी गराएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend