२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

बाढी पहिरोको कारण तरकारी ढुवानीमा समस्या :आकासियो तरकारीको भाउ 


सञ्चार डबली
  • आइतबार, असोज १३ २०८१
  • 7.0K
    SHARES

  • images
    बाढी पहिरोको कारण तरकारी ढुवानीमा समस्या :आकासियो तरकारीको भाउ 


    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लाति तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज सबैजसो तरकारीको मूल्यको भाउ बढेको छ । कालिमाटी बजारमा आज सानो गोलभेंडा किलोको ७५ रुपैयाँ किनबेच भइरहेको छ । 

    टनेलको सानो गोलभेंडा आज गोलभेंडा आज किलोको ९० रुपैयाँ किनबेच भइरहेको छ । त्यस्तै, गाजर किलोको एक सय १० रुपैयाँबाट एक सय ९० रुपैयाँ पुगेको छ । बन्दा किलोको ६५ बाट ८५ रुपैयाँ पुगेको छ । काउली एक सय पाँच रुपैयाँबाट एक सय ४५ रुपैयाँ, बोडी ७५ बाट एक सय १० र तिते करेला किलोको ७५ बाट एक सय १० रुपैयाँ पुगेको छ । 

    स्कुस किलोको १७ रुपैयाँबाट बढेर ५५ रुपैयाँ पुगेको छ ।यस्तै तोरीको साग किलोको ४५ रुपैयाँबाट बढेर ९५ रुपैयाँ पुगेको छ । तरकारीसँगै फलफुलको भाउ पनि बढेको छ । लगातारको बर्षाले हिजो काठमाण्डौ उपत्यका र आसपासमा बाढी तथा पहिरो गएका कारण ढुवानीमा समस्या भइ भाउ बढेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend