२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

बाढी पहिरो प्रभावितहरुका लागि नाडाद्वारा खाद्यान्न  सहयोग


सञ्चार डबली
  • आइतबार, असोज १३ २०८१
  • 7.6K
    SHARES

  • images
    बाढी पहिरो प्रभावितहरुका लागि नाडाद्वारा खाद्यान्न  सहयोग

     

    काठमाडौं ।  बाढी पहिरो प्रभावितहरुका लागि राहत स्वरुप नाडा अतटोमोवाइल्स् एशोसिएशन अफ नेपालले ५० कार्टुन चाउचाउ उपलब्ध गराएको छ । यहि असोज १२ गते नाडाबाट काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा अतिरिक्त प्रहरी महानिरिक्षक किरण बज्रचार्यलाई भेटगरी वाईवाई चाउचाउ ५० कार्टुन र जुस ८० कार्टुन हस्तान्तरण गरेको छ । 

    अहिले देश अनपेक्षित अविरल वर्षाको चपेटामा परेको अवस्थामा नाडाका अध्यक्ष करण चौधरीले सो राहत सामग्रीहरु हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा नाडाका उपाध्यक्ष राजन बाबु श्रेष्ठ र प्रहरी कार्यालयका तर्फबाट प्रहरी वरिष्ठ उपरिक्षक बिनोद घिमिरे समेतको उपस्थिति रहेको थियो । नाडाले विगतकालदेखि नै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता राहत सामाग्रीहरु सम्बन्धित निकायहरुलाई वितरण गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend