२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 आजदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुला


सञ्चार डबली
  • शनिबार, असोज १२ २०८१
  • 7.7K
    SHARES

  • images
     आजदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुला


    काठमाडौं । दशैंका लागि लक्षित गरी आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । आज बिहान ६ बजेदेखि नै अग्रिम टिकट बुकिङ खुला भएको हो ।

    देशका विभिन्न क्षेत्रबाट संघीय राजधानी काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीका लागि आएकाहरुलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।

    घटस्थापना आउन पाँच दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको भीड लागेको छ । काठमाडौंसहित देशभर अविरल वर्षासमेत भएकाले बिहानैदेखि छाता ओढेर यात्रु टिकट काट्न लाइनमा बसेका छन् ।

    सरकारले अनलाइनमार्फत टिकट काट्न पाउने व्यवस्था मिलाए पनि यात्रु भने बिहानैदेखि छाता ओढेर लाइनमा बसेका हुन् । हरेक वर्ष दशैँ मनाउन काठमाडौंबाट २० लाखको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend