२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकहरूले दुसित थानीमा आकर्षक छुट पाउने


सञ्चार डबली
  • शुक्रबार, असोज ११ २०८१
  • 6.6K
    SHARES

  • images
    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकहरूले दुसित थानीमा आकर्षक छुट पाउने

    शुक्रवार, असोज ११ २०८१
    काठमाडौँ - नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकहरूले दुसित थानी हिमालयन रिर्सोटमा विशेष छुट पाउने भएका छन् । आफ्ना ग्राहकहरूलाई आकर्षक छुट दिलाउन बैंकले दुसित थानी हिमालयन रिसोर्टसँग सम्झौता गरेसँगै ग्राहकहरूले लाभ पाउने भएका हुन् ।

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) र दुसित थानी हिमालयन रिर्सोट, धुलिखेलबिच भएको सम्झौता बमाजिम बैंकका ग्राहकहरूले फुड एण्ड बेवरेज र स्पा सर्भिसमा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

    छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

    ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरू बैंकले दिँदै आएको छ । छुटको विवरण बैंकको आधिकारिक वेवसाइटमा पनि हेर्न सकिने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend