२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

कुमारी बैंकले ल्यायो ‘दशैँ उत्सव’ क्यासब्याक अफर : डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास


सञ्चार डबली
  • शुक्रबार, असोज ११ २०८१
  • 5.8K
    SHARES

  • images
    कुमारी बैंकले ल्यायो ‘दशैँ उत्सव’ क्यासब्याक अफर : डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास

    शुक्रवार, असोज ११ २०८१
    काठमाडौँ - कुमारी बैंक लिमिटेडले विजया-दशमीका अवसरमा दशैँ उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ । अनवरतरूपमा नवप्रर्वतनमा आधारित उत्कृष्ट सेवा प्रदान गरिरहेको कुमारी बैंकले आफ्ना सेवाग्राहीहरूका लागि शुभकामना स्वरूप यस्तो अफर सञ्चालनमा ल्याएको हो ।

    घटस्थापनादेखि महानवमी सम्मको ९ दिन सञ्चालनमा रहने यस अफरमार्फत कुमारी बैंकका सेवाग्राहीहरूले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैकिङ्गमार्फत बस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाईल बैकिङ्ग प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम ५०१ बराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

    यो योजनाअन्तर्गत लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजेदेखि बेलुका ११ः५९ बजे सम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरूलाई नदोहोरिने गरि क्यासब्याक उपलब्ध गराउने ब्यवस्था गरिएको बैंके जनाएको छ ।

    यसप्रकारको क्यासब्याकले सेवाग्राहीहरूमा विद्युतीय भुक्तानीका माध्यममार्फत कारोबार गर्न प्रोत्साहन मिल्ने तथा डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

    विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरूपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend