२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सानिमा बैंकका ग्राहकहरुले सिजी डिजिटलमा विशेष छुट पाउने


सञ्चार डबली
  • बुधबार, असोज ९ २०८१
  • 6.9K
    SHARES

  • images
    सानिमा बैंकका ग्राहकहरुले सिजी डिजिटलमा विशेष छुट पाउने

    बुधवार, असोज ९ २०८१
    काठमाडौँ - सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सिजी डिजिटलमा विशेष छुटको व्यवस्था गरेको छ ।

    यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग (QR Scan) मार्फत सिजी डिजिटलमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरुलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको हो ।

    साथै, सानिमा क्रेडिट कार्ड मार्फत भुक्तानी गरी शून्य प्रतिशत मासिक किस्ताबन्दी (EMI) मा परिणत गर्दा एक हजार रुपैयाँ बराबरको क्यासब्याकको व्यवस्था पनि गरेको छ । सो क्यासब्याक प्राप्त गर्न न्युनतम ३० हजारको कारोबार गर्नुपर्ने बैंकले जनाएको छ ।

    बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ ।

    सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटिएमहरु संचालनमा रहेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend