२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

एनआईसी एशिया बैंकका ग्राहकले बुद्ध एयरको टिकट खरिदमा विशेष छुट पाउने 


सञ्चार डबली
  • बुधबार, असोज ९ २०८१
  • 7.1K
    SHARES

  • images
    एनआईसी एशिया बैंकका ग्राहकले बुद्ध एयरको टिकट खरिदमा विशेष छुट पाउने 


    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले बुद्ध एयरको टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट पाउने भएका छन् ।उक्त छुट सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र बुद्ध एयरका निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।

    सम्झौता बमोजिम बैंकका ग्राहकले अब बुद्ध एयरका विभिन्न ठाउँमा रहेका १३ वटा काउन्टर र विमानस्थल काउन्टरबाट टिकट खरिद गर्दा छुट प्राप्त गर्न सक्नेछन् ।​​ बैंकका ग्राहकले मोबाइल बैंकिङ्ग एप, डेबिट कार्ड, क्रेडिट कार्ड एवं प्रिभिलेज कार्ड प्रयोग गरी काउन्टरमा भुक्तानी गर्दा ८ प्रतिशतसम्म छुट प्राप्त हुने बैंकले जनाएको छ ।

    नेपालको निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरसँग गरिएको यो छुट सम्झौताले बैंकका ग्राहकलाई विशेष गरी आउँदै गरेका चाडपर्वका बेला विभिन्न गन्तव्यमा सुलभ रूपमा आवतजावत गर्न सघाउ पुग्ने बैंकले विश्वास लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend