२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

अधिकतम मूल्यभन्दा बढीमा सामान बिक्री गरे कारबाही गर्ने महानगरको चेतावनी 


सञ्चार डबली
  • बुधबार, असोज ९ २०८१
  • 6.7K
    SHARES

  • images
    अधिकतम मूल्यभन्दा बढीमा सामान बिक्री गरे कारबाही गर्ने महानगरको चेतावनी 


    काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगरभित्र सञ्चालित खुद्रा तथा थोक पसलबाट अधिकतम मूल्यभन्दा बढीमा सामान बिक्री भएको पाइए कारबाही गर्ने चेतावनी दिएको छ ।

    महानगरले आज एक सूचना जारी गर्दै मूल्य सूची बनाएर पसलको अग्र भागमा सबैले देख्ने गरी राख्न, अधिकतम मूल्यभन्दा बढी मूल्यमा बिक्री वितरण नगर्ने सुनिश्चित गर्न र म्याद गुज्रिएका बस्तु विक्री वितरण नगर्न भनेको छ ।

    यस्तै, खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्न पनि महानगरले आग्रह गरेको छ । अनुगमनका क्रममा आग्रह विपरीत कसैले कुनै वस्तु वा सेवा बिक्री वितरण गरेको पाइएमा, उजुरी परेमा वा गुनासो प्राप्त भएमा यस कार्यालयबाट खटिने अनुगमन टोलीका सदस्य वा कार्यालयबाट प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी महानगरले दिएको छ ।

    यस्तैगरी, स्वच्छ, गुणस्तर तथा सुपथ सामान प्राप्त गर्न सबै उपभोक्ताहरूलाई जाँचेर मात्र सामान, वस्तु तथा सेवा खरिद गर्न महानगरले अनुरोध गरेको छ । बस्तु खरिदमा कुनै समस्या परेमा वा उजुरीको लागि ११८० मा सम्पर्क गर्न महानगरले आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend