२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

एनएमबि बैंकद्वारा पलेशा गोबर्धन र प्रशिक्षक कविराज नेगी लामालाई नगद सम्मान


सञ्चार डबली
  • मंगलबार, असोज ८ २०८१
  • 6.4K
    SHARES

  • images
    एनएमबि बैंकद्वारा पलेशा गोबर्धन र प्रशिक्षक कविराज नेगी लामालाई नगद सम्मान

    मंगलवार, असोज ८ २०८१
    काठमाडौँ - एनएमबि बैंकले एसियाली प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कास्य पदक दिलाउन सफल प्यारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको छ ।

    उनको अभुतपूर्व उपलब्धिको सम्मानमा, बैंकले गोबर्धनलाई नगद पुरस्कार ५ लाख १ हजार र उनका प्रशिक्षक कविराज नेगी लामालाई १ लाख १ हजार रुपैयाँ प्रदान गरेको हो ।

    पलेशा गोबर्धनको प्रतिनिधित्व गरी उनको अभिभावकले उक्त नगद ग्रहण गरेका थिए । पलेशाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै एनएमबि बैंकको विशेष समारोहमा गोबर्धन र उनका प्रशिक्षकलाई सम्मान स्वरुप नगद हस्तानतरण गरिएको थियोे ।

    एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend