२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

दुई महिनामै उठ्यो ७४ अर्ब  राजश्व, आयातसँगै बढ्न थाल्यो भन्सार 


सञ्चार डबली
  • मंगलबार, असोज ८ २०८१
  • 5.8K
    SHARES

  • images
    दुई महिनामै उठ्यो ७४ अर्ब  राजश्व, आयातसँगै बढ्न थाल्यो भन्सार 

     

    काठमाडौं ।चालू आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा ३९ अर्ब ६२ करोड भन्सार राजश्व संकलन भएको छ । भन्सार विभागले एक महिनाको अवधिमा नै ३९ अर्ब रुपैयाँभन्दा बढी भन्सार राजश्व संकलन गरेको हो ।

    साउन महिनामा विभागले ३४ अर्ब ६९ करोड भन्सार राजश्व संकलन गरेको थियो । भदौ महिनामा ३९ अर्ब ६२ करोड रुपैयाँले बढेर ७४ अर्ब ३१ करोड पुगेको हो । यो गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा समेत बढी हो ।

    गत आर्थिक वर्षको २ महिनाको अवधिमा भन्सार विभागले ६७ अर्ब ४७ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो । जुन, चालू वर्षको २ महिनाको तुलनामा ६ अर्ब ८४ करोडले न्यून हो । गत वर्षको तुलनामा बढ्दाको प्रभाव भन्सार राजश्वमा समेत परेको छ ।

    गत आर्थिक वर्षको भदौ महिनासम्म २ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँको आयात भएको थियो । सो तुलनामा चालू वर्षको २ महिनाको अवधिमा १.०८ प्रतिशतले आयात बढेको छ । यससँगै चालू वर्षको भदौसम्ममा २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँको आयात भएको छ ।

    ४ अर्ब ८० करोड रुपैयाँले आयात बढ्दा भन्सार राजश्व भने ६ खर्ब ८४ अर्ब रुपैयाँले बढेको हो । अर्थमन्त्रालयले यतिबेला भन्सार राजश्व संकलनमा कडाई गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पटक–पटक विभागलाई भन्सार राजश्व संकलनमा कडाई गर्न निर्देशन दिइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend