२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

एक महिनामा बैंकले कमाए ९ अर्ब १७ करोड नाफा, ग्लोबल र नबिल बैंक प्रतिस्पर्धी


सञ्चार डबली
  • मंगलबार, असोज ८ २०८१
  • 7.2K
    SHARES

  • images
    एक महिनामा बैंकले कमाए ९ अर्ब १७ करोड नाफा, ग्लोबल र नबिल बैंक प्रतिस्पर्धी

    काठमाडौं । साउन महिनामा वाणिज्य बैंकले ९ अर्ब १७ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा २ वटा वाणिज्य बैंकले उक्त रकम नाफा आर्जन गरेका हुन् ।

    चालु आवको साउन महिनामा २० वटा बाणिज्य बैंकहरुले कुल ९ अर्ब १७ करोड ६१ लाख रुपैयाँ बढी खुद नाफा कमाएका छन्।

    चालु आवको पहिलो महिनामा नाफा आर्जनमा ग्लोबल आइएमई र नबिल बैंक प्रतिस्पर्धी बनेका छन् ।

    नाफा आर्जनमा पहिलो बनेको ग्लोबलले ८९ करोड २४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यस्तै दोस्रो स्थानमा रहेको नबिल बैंकले ८० करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

    धेरै नाफा कमाउनेमा तेस्रो नम्बरमा कृषि विकास बैंक रहेको छ । बैंकले साउनमा ७१ करोड २० लाख रुपैयाँ नाफा कमाएको छ ।

    यस्तै हिमालयन बैंकले ५८ करोड ८० लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५७ करोड ७५ लाख, प्रभु बैंकले ५३ करोड ८० लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले ५० करोड ५५ लाख, कुमारीले ५० करोड ३५ लाख, लक्ष्मी सनराइजले ४३ करोड ३२ लाख, एनएमबिले ४२ करोड ७२ लाख, एभरेष्ट बैंकले ४२ करोड २९ लाख रुपैयाँ नाफा कमाएका छन् ।

    यस्तै साउन महिनामा सानिमा बैंकले ३८ करोड २६ लाख, राष्ट्रिय वाणिज्य बैंकले ३६ करोड ६ लाख, सिद्धार्थ बैंकले ३४ करोड ८८ लाख, सिटिजन्स बैंकले ३४ करोड २२ लाख, नेपाल एसबिआई बैंकले ३३ करोड ३३ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३१ करोड १५ लाख, एनआइसी एशिया बैंकले २६ करोड ६३ लाख, नेपाल बैंकले २२ करोड ३९ लाख र माछापुच्छ्रे बैंकले २० करोड २४ लाख रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend