२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

बजारमा बढेन मागः दसैंको मुखमा आयात १ खर्ब ३४ अर्बमा सीमित, निर्यातमा गिरावट 


सञ्चार डबली
  • मंगलबार, असोज ८ २०८१
  • 6.7K
    SHARES

  • images
    बजारमा बढेन मागः दसैंको मुखमा आयात १ खर्ब ३४ अर्बमा सीमित, निर्यातमा गिरावट 

    काठमाडौं । सरकारले आर्थिक गतिविधि बढेको दाबी गरिरहँदा बजारमा शिथिलता कायमै रहेको आयात निर्यातको तथ्यांकले देखाएको छ। दसैंको मुखमा आयात जम्मा १ खर्ब ३४ अर्बमा सीमित छ भने निर्यातमा गिरावट आएको छ।

    भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार भदौ महिनामा १ खर्ब ३४ अर्ब बराबरको वस्तु तथा सेवा आयात भएको छ। यो आयात गत साउनको तुलनामा करिब ६ अर्ब तथा पोहोर भदौको तुलनामा ४ अर्बले बढी हो। गत साउनमा १ खर्ब २८ अर्ब ३७ करोडको वस्तु आयात भएको थियो।

    पोहोर दसैं कात्तिकमा परेको थियो। दसैंलाई लक्षित गर्दै असोजमा १ खर्ब ४८ अर्ब रुपैयाँको वस्तु भित्रिएको थियो। पोहोरको दसैंअगाडिको तथ्यांकलाई हेर्ने हो भने यसपालि बजारमा माग बढ्नुको साटो खुम्चिन पुगेको छ।

    बजारमा आर्थिक शिथिलता कायमै रहेको निर्यातको तथ्यांकले पनि देखाउँछ। पोहोर २ महिनामा २६ अर्ब ४४ करोड रुपैयाँको वस्तु निर्यात भएकामा यसपालि सोही अवधिमा २५ अर्ब ९ करोडमा सीमित भएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक मञ्चहरुबाट नयाँ सरकार बनेपछि निजी क्षेत्रको मनोमल बढेको र अर्थतन्त्रमा सुधार आएको दाबी गर्दै आएका छन्। तर, आयात निर्यातको तथ्यांकले निजी क्षेत्र अझै पर्ख र हेरको अवस्थामा रहेको देखाएको छ।

    गत साउनको तुलनामा निर्यात केही करोडले बढेको छ। आयात निर्यात दुवै केही बढ्दा भदौमा राजस्व संकलन २३ प्रतिशतले घट्नुले चुहावट र तस्करी मौलाएको भन्नेहरुलाई बल पुगेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend