काठमाडौं, असोज ७ । नेपाल एसबिआई बैंक लिमिटेडद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित लेकाली बसीफाँट माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको छ ।
कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले, श्री लेकाली बसीफाँट माध्यमिक विद्यालय समितिका अध्यक्ष र प्रधानाध्यापकलार्ई औपचारिक रूपमा उक्त सामाग्रीहरू हस्तान्तरण गरेका थिए ।
सो कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत, श्री राजेश कुमार पंडा, प्रमुख जोखिम तथा अनुपालन अधिकृत, श्री विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत, श्री अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबद्र्धन अधिकृत, रितेश अर्याल र बैंकका बागमति प्रदेश प्रमुख, बिनोदकुमार ढुंगेल र बैंक तथा स्कुल समितिका अन्य पदाधिकारी र शिक्षकहरू समेतको उपस्थिति रहेको थियो । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।
हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।


