२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

दशैं तिहारमा चिनीको अभाव हुँदैन : उपभोक्ता संरक्षण विभाग


सञ्चार डबली
  • सोमबार, असोज ७ २०८१
  • 8.1K
    SHARES

  • images
    दशैं तिहारमा चिनीको अभाव हुँदैन : उपभोक्ता संरक्षण विभाग


    काठमाडौं । दशैं तिहारमा चिनीको समस्या नहुने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।विभागले भारतबाट खरिद गरेको आठ हजार एक सय मेट्रिक टन चिनी बिक्रीका लागि बजारमा पठाउन गरिसकेकाले अभाव टर्ने दावी गरिएको छ । 

    भारतबाट चिनी ल्याउनका लागि सात वटा व्यवसायी कम्पनीले छनोट गरी चिनी आयात भइसकेको र बजार पठाउन सुरु गरिएको विभागले जनाएको छ । भारत सरकारले नेपाललाई २५ हजार मेट्रिक टन चिनी उपलब्ध गराउने सहमति गरेको थियो । 

    चिनी प्रतिकेजी १०७ रुपैंयाँ ५० पैसा तोकिएको छ । २०८० कात्तिक महिनामा नै भारत सरकारले नेपाललाई २५ हजार मेट्रिक टन चिनी उपलब्ध गराउने सहमति भएको थियो । जसमा छ हजार मेट्रिक टन चिनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरसनले खरिद गर्ने भनिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend