२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 भिसा इन्टरनेश्नद्वारा आयोजित सम्मेलनमा कुमारी बैंक दुई विधामा सम्मानित


सञ्चार डबली
  • सोमबार, असोज ७ २०८१
  • 8.0K
    SHARES

  • images
     भिसा इन्टरनेश्नद्वारा आयोजित सम्मेलनमा कुमारी बैंक दुई विधामा सम्मानित

    काठमाडौँ, असोज ७ - भिसा इन्टरनेश्नलद्वारा आयोजित ‘लिडरसिप कनक्लेभ नेपाल २०२४” सम्मेलनमा कुमारी बैंक दुई विधामा सम्मानित भएको छ ।

    गत असोज ४ गते भिसा इन्टरनेश्नलद्वारा ‘लिडरसिप कनक्लेभ नेपाल २०२४” सम्मेलनमा कुमारी बैंक लिमिटेड “Excellence in Consumer Credit Cards Business” र “Excellence in Cross – Border Business” अवार्डहरुबाट सम्मानित भएको हो ।

    आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

    विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend