२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आजदेखि हिमालयन ऊर्जाको हकप्रद बिक्री खुला


सञ्चार डबली
  • सोमबार, असोज ७ २०८१
  • 7.3K
    SHARES

  • images
    आजदेखि हिमालयन ऊर्जाको हकप्रद बिक्री खुला


    काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले अवितरित १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद शेयर लिलामी बिक्री खुलाएको छ । कम्पनीले आजदेखि हकप्रद बिक्री खुलाएको हो । 

    प्रतिकित्ता न्यूनतम १०० रुपियाँ तोकिएको यो शेयर जोकाही लगानीकर्ताले खरिद गर्न पाउनेछन् । न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका शेयर खरिदका लागि बोलकबोल पेस गर्न सकिनेछ । बोलपत्र असोज १४ गतेसम्म पेश गर्न सकिनेछ । 

    इच्छुक लगानीकर्ताले कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड वा नबिल बैंकका रंगेलीरोड, भानुचोक, सूर्यविनायक, सभागृहचोक, कोहलपुर, सुर्खेत र महेन्द्रनगर शाखा कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् ।

    कम्पनीले यसअघि १ः१ अनुपातमा हकप्रद बिक्री खुला गरेको थियो । तर बिक्री सबै कित्ता बिक्री हुन सकेको थिएन । बिक्री नभएको १४ लाख ४६ हजार ३५९ कित्ता शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्न लागेको हो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend