२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

ग्लोबल आइएमई बैंकले जित्यो ‘अन्तरबैंक फुटसल २०८१’ को  पुरुष र महिलातर्फको उपाधि


सञ्चार डबली
  • आइतबार, असोज ६ २०८१
  • 6.2K
    SHARES

  • images
    ग्लोबल आइएमई बैंकले जित्यो ‘अन्तरबैंक फुटसल २०८१’ को  पुरुष र महिलातर्फको उपाधि

    आइतवार, असोज ६ २०८१
    काठमाडौँ - नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ को पुरुष र महिलातर्फको उपाधि ग्लोबल आइएमई बैंकले जितेको छ ।

    संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि ५ गतेसम्म आयोजना भएको अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ मा विभिन्न ३८ वटा बैंक तथा वित्तीय संस्थाहरू सहभागी भएका थिए । उक्त प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाको पुरुष र महिलातर्फका टोलीहरू सहभागि रहेका थिए ।

    अन्तर बैंक फुटसल २०८१ को प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ ग्लोबल आइएमई बैंक बिजेता हुनुका साथै पुरुष र महिलातर्फको उत्कृष्ट खेलाडी, पुरुष तर्फको सर्वाधिक गोलकर्ता र महिलातर्फको उत्कृष्ट गोलरक्षकको उपाधि समेत जितेको छ ।

    उक्त प्रतियोगितामको फाइनल खेलमा पुरुषतर्फ ग्लोबल आइएमई बैंकले गरिमा विकाश बैंक र महिलातर्फ ग्लोबल आइएमई बैंकले एनआईसी एशिया बैंकलाई हराएको हो ।

    ग्लोबल आइएमई बैंकको पुरुष तथा महिला टोलीले आफ्नो सम्पूर्ण खेलहरुमा उत्कृष्ट प्रदर्शन गरेका थिए । पुरुष तर्फको उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ताको उपाधी ग्लोबल आइएमई बैंकका शशाङ्क निरौलाले हात पारेका थिए साथै, महिला तर्फको उत्कृष्ट खेलाडीको उपाधि ग्लोबल आइएमई बैंकका चन्द्रिका भट्टले हात पारेकी छिन् । आफ्नो सबै खेलहरुमा उत्कृष्ट बचाउ गरिरहेकी ग्लोबल आइएमई बैंकको महिला टोलीको गोल रक्षक केश माया गुरुङ्गले प्रतियोगिताको उत्कृष्ट गोलरक्षकको उपाधी समेत हात पारेकी छिन्।

    ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली एउटै संस्करणमा बिजेता भएकाले खेलकुद प्रतियोगिताहरूमा यस्तो क्षणलाई एक ऐतिहासिक क्षणको रूपमा हेर्ने गरिन्छ ।

    अन्तर बैंक फुटसल २०८० मा महिला तर्फको उपाधि पनि ग्लोबल आइएमई बैंकले जितेको थियो । यो वर्षको बिजेता उपाधिसँगै ग्लोबल आइएमई बैंकको महिला तर्फको बिजेता उपाधि लगातार दोस्रो पटक हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend